मसँग भएर पनि म तपाईंलाई दिन सक्दिन ।
महोदय म मान्छे मार्ने जहर बन्दिन सक्दिन ।
उसले पन्नामा मेरै नाउ देखाएर सोधेको थ्यो ,
आफ्नै सहीछाप झुटो हो म भन्दिन सक्दिन ।
प्रिया तिमीले टेके पनि दुखेको यो मुटुमा,
म तिम्रै मण्डपको बाटो कुल्चिन सक्दिन ।
मलाई उछिनेछन् अहो मेरा पछाडी हुनेहरुले,
म बाँधिएको छु बाध्यतामा फुत्किन सक्दिन ।